सूचना प्रविधि

छानबिनपछि टेलिकमले भन्यो–कुनै पनि डाटा चोरी भएको छैन

Ntc head office

३१ असार, काठमाडौं । नेपाल टेलिकमले आफ्नो डाटा चोरी नभएको स्पष्ट पारेको छ ।

नेपाल टेलिकमको सर्भरमा ह्याकर समूहद्वारा आक्रमण गरिएको र कम्पनीको डाटा रेकर्ड चोरी गरी बिक्रीमा राखिएको भन्ने सम्बन्धमा गत असार २७ गते विभिन्न सञ्चार माध्यममा समाचार प्रकाशित भएको थियो ।

समाचार प्रकाशन भए पश्चात डाटा सुरक्षासम्बन्धी गाम्भीर्यता मनन गरी कम्पनीले शंकाको घेरामा रहेको उपकरण तत्काल बन्द गरी छानविन शुरु गरेको थियो । प्रवक्ता राजेश जोशीले  कम्पनीका सम्बन्धित विज्ञहरुबाट विस्तृत छानविन पश्चात कम्पनीको कुनैपनि डाटा चोरी नभएको र समाचारहरुमा उल्लेख गरिएको दाबीमा कुनैपनि सत्यता नरहेको निष्कर्ष निकालिएको दाबी गरे ।

जोशीले ग्राहकसँग सम्बन्धित डाटा सुरक्षित राख्न नेपाल टेलिकमले विभिन्न सुरक्षात्मक संयन्त्रहरु अपनाउँदै आइरहेको र आगामी दिनमा समेत ग्राहकका विवरणहरू सुरक्षित राख्नका लागि कम्पनी प्रतिबद्ध रहेका बताए ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस