३१ असार, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक साउन ३ गते दिउँसो ४ बजेका लागि बोलाएकी छन् ।
मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले संघीय संसद्को दुवै सदनको अधिवेशन आह्वान गरेकी हुन् । गत जेठ ७ गते राष्ट्रपति भण्डारीले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा प्रतिनिधिसभा विघटन गरेकी थिइन् ।
तर सर्वोच्च अदालतले आसार २८ गते प्रतिनिधि सभा पुनःस्थापना गरेर साउन ३ गतेभित्र बैठक बोलाउन आदेश दिएको थियो ।
प्रतिक्रिया दिनुहोस