समाचार

सर्वोच्च बारको ध्यानाकर्षण

Supreme Court

३१ असार, काठमाडौं । सर्वोच्च अदालत बार एसोसिएशनले प्रतिनिधिसभा विघटनसम्बन्धी फैसलालाई लिएर स्वतन्त्र न्यायपालिकामाथि गम्भीर रुपमा आँच पुगेको जनाएको छ ।

सर्वोच्च बारका सचिव ऋषिराम घिमिरेले आज जारी गर्नुभएको विज्ञप्तिमा सर्वोच्च अदालतको फैसलालाई लिएर न्यायमूर्तिविरुद्ध भ्रामक हल्ला फिँजाइ अनास्था पैदा गरी स्वतन्त्र न्यायपालिकामाथि गम्भीर आँच पुगेको उल्लेख छ ।

संविधान, प्रचलित कानून र विधिशास्त्रीय मूल्य, मान्यता तथा सिद्धान्तका आधारमा सर्वोच्च अदालतद्वारा गरिएको आदेशको सम्मान गर्न र आदेशविरुद्ध कुनै किसिमको अमर्यादित गतिविधि नगर्नसमेत सबैलाई आग्रह गरिएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *