
१ साउन, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव नेत्रविक्रम चन्द्र विप्लवले जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईसँग भेटवार्ता गरेका छन् ।
धर्मेन्द्र बास्तोलालाई लिएर शुक्रबार विहान भट्टराईको निवास पुगेर विप्लवले भेटवार्ता गरेका हुन् । केही दिन यता विप्लवले राजनीतिक सक्रियता बढाएका छन् । उनले बुधबार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र बिहीबार नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालसँग भेटवार्ता गरेका थिए ।
थुनामा रहेका आफ्ना नेता र कार्यकर्ताको रिहाई तथा उनीहरुमाथिका मुद्दा फिर्ताका उनी सक्रिय रहेका छन् । तत्कालीन प्रधानमन्त्री ओलीसँग तीन बुँदे सहमति गरेर नाटकीय रुपमा भूमिगत राजनीति छाडेका विप्लव ओलीको सत्ता बहिर्गमनसँगै उनको विपक्षी गठबन्धनका नेताहरुसँग नजिकिनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।