१ साउन, काठमाडौं । चालु आर्थिक वर्षको बजेटले व्यवस्था गरेको पूँजीगत लाभकरको नयाँ व्यवस्था आज अर्थात साउन १ गतेदेखि लागू भएको छ । जेठ १५ गतेनै बजेट पेश गरेपनि साउन एकबाट कार्यान्वयनमा जाने गर्छ ।
सरकारले चालु आर्थिक वर्षको बजेटमा सेयर बजारमा लगानीकर्ताले पुँजीगत लाभकरको व्यवस्था समान्य हेरफेर गरेको छ ।
यो कर आजैदेखि कार्यान्वयनमा गएको छ । अल्पकालिन कारोबारी र दीर्घकालिन कारोबारीलाई फरक–फरक दरमा पुँजीगत लाभकर लिने व्यवस्था छ । यो व्यवस्था अनुसार अब एक वर्षभन्दा कम अवधिको लगानीले साढे ७ प्रतिशत र एक वर्ष भन्दा बढी अवधि लगानी गर्ने लगानीकर्ताले ५ प्रतिशत लाभकर तिर्नुपर्छ ।
यसअघि सबै व्यक्तिगत लगानीकर्तालाई ५ प्रतिशत कर लाग्दै आएको थियो । आज शुक्रबार भएकाले सेयर कारोबार बन्द हुनेछ ।
प्रतिक्रिया दिनुहोस