मनोरञ्जन ताजा समाचार

चर्चित टेलिभिजन सिरियल ‘बालिका वधु’की अभिनेत्रीको निधन

surekha sikri

१ साउन, नयाँ दिल्ली । भारतीय टेलिभिजन सिरियल ‘बालिका वधु’ की ‘दादी सा’ को कार्डियक अरेस्टका कारण निधन भएको छ । चर्चित अभिनेत्री सुरेखा सीकरीको ७५ वर्षको उमेरमा निधन भएको हो ।

फिल्म ‘बधाई’ पछि कुनै पनि ठूला प्रोजेक्टमा काम नगरेकी अभिनेत्री सीकरीले महाराष्ट्र सरकारसँग ६५ वर्षभन्दा बढी उमेरका कलाकारका लागि सुटिङ गर्न नरोक्न माग समेत गरेकी थिइन् ।

उनलाई सन् २०१८ मा ‘महाबलेश्वर’ को सुटिङका क्रममा मस्तिष्कघात भएको थियो । जसको कारण लडेर उनको निधारमा चोट समेत लागेको थियो । प्यारालाइसिस समेत भएकी उनी केही समयको उपचारपछि निको भएकी थिइन् ।

लकडाउनको समयमा फेरि उनलाई स्ट्रोक आएको हो । उनलाई केही समयदेखि आइसियुमा राखिएको थियो । उनको मस्तिष्कमा रगत जमेको उनको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् ।

सुरेखाले भारतीय फिल्म क्षेत्रमा ५० वर्ष बिताइन् । युपीमा जन्मिएकी उनले सन् १९७१ बाट अभिनय यात्रा सुरु गरेकी थिइन् ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस