समाचार

साउन सोमबार पनि डोलेश्वर महादेवको मुख्य मन्दिर बन्द रहने

dolesowar

१ साउन, भक्तपुर । साउनको सोमबार लाखौं भक्तजनहरूको भिड हुने गरेको डोलेश्वर महादेवको मुख्य मन्दिर बन्द रहने भएको छ ।

भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नम्बर ८, सिपाडोलमा रहेको केदारनाथको शिर डोलेश्वर महादेवको मन्दिर मुुख्य शिवको मुर्ति भएको मन्दिर बन्द रहने भएको छ । हाल मन्दिर आउने भक्तजनहरूले मन्दिर बाहिरबाटै शिवको प्रतिमाको दर्शन गर्दै आएका छन् ।

केदारनाथको शिर डोलेश्वर महादेव संरक्षण तथा विकास समिति  कोषाध्यक्ष मोहन वल्लका अनुसार कोरोना संक्रमण कायमै रहेको र सरकारले निषेधाज्ञा कायमै रहेकाले सो निर्णय गरिएको हो ।

विगतका वर्षहरुमा सोमबार एकै दिनमा हजारौं भक्तजनहरू भगवान शिवको दर्शन गर्न आउने गरेका थिए ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस