विश्व/प्रवास

विश्वमा कोरोना अझै घातक भएर फैलिन्छ : विश्व स्वास्थ्य सङ्गठन

who covid 19 briefing

१ साउन, काठमाडौं । विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ) का महानिर्देशक डा. टेड्रोस एड्हानोम घेब्रेयससले कोरोनाभाइरस (कोभिड—१९) को सङ्क्रमण अझै घातक भएर फैलिने चेतावनी दिएका छन् ।

डब्लूएचओको आपत्कालीन समितिको बैठकमा कोरोना भाइरसको नयाँ भेरियन्ट घातक हुने उनले बताएका हुन् । नयाँ भेरियन्टले कोरोना महामारी नियन्त्रण र रोकथाममा थप चुनौती थपिएको उनले बताए ।

कोभिड–१९ महामारी समाप्त हुँदैछ भनेर गलत धारणा फैलाइरहेको भन्दै इमर्जेन्सी कमिटीले चिन्ता व्यक्त गरेको छ । डेल्टा भेरियन्ट फैलिरहेको बेला सामाजिक गतिविधि बढेसँगै जनस्वास्थ्यका मापदण्ड पालना नभइरहेकोप्रति उनले चिन्ता व्यक्त गरे ।

डेल्टा भेरियन्ट १११ भन्दा बढी राष्ट्रमा पुगिसकेकाले विश्वका लागि चुनौती थपिएको महानिर्देशक डा. घेब्रेयससले बताए ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *