सूचना प्रविधि

भिभो भी २१ स्मार्टफोनको अग्रिम बुकिङ्ग खुल्ला

vivo

१ साउन, काठमाडौं । स्मार्टफोन भिभोको भी २१ सिरिजको स्मार्ट फोन खरिदका लागि अग्रिम बुकिङ्ग खुला गरिएको छ । जुलाई १६ देखि १९ तारिखसम्म भी सिरिजको भी २१ स्मार्ट फोनको अग्रिम बुकिङ्ग खुला गरिएको हो । नयाँ पुस्ताको स्मार्टफोन निकै मन पराइएको कम्पनीले जनाएको छ ।

यसको सेल्फी खिच्ने फ्रन्ट क्यामेरा क्षमतायुक्त मानिएको छ । कम प्रकाश भएको ठाउँमा बढी उपयुक्त ठहरिएको कम्पनीले जनाएको छ ।

अग्रिम बुकिङ्ग गर्न चाहने ग्राहकले २ हजार रुपैयाँ सहितआफ्नो विस्तृत विवरण भरेर कन्फर्म गर्नुपर्नेछ । उक्त विवरण सम्बन्धित विक्रेता कहाँ बुझाएर त्यसको अर्धकट्टी ग्राहकले आधा र विक्रेताले आधा राख्नेछन् । भिबिए र विक्रेताले ग्राहकको फोटो आन्तरिक स्वीकृतिको लागि खिचेर राख्नेछन् ।

जुलाई १६ देखि १९ तारिखसम्म स्मार्टफोन भी २१ बुकिङ्ग गर्ने ग्राहकले स्मार्टफोन माउन्ट र एयरबड्स अनिवार्य रुपमा पाउने जनाइएको छ । बुकिङ्गपछि जुलाई २० देखि ३१ तारिखसम्म भी २१ खरिद गर्ने ग्राहकलाई आउट एयरबड्स प्रदान गरिने कम्पनीले जनाएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *