राजनीति

न्याय पाउनुपर्ने ठाउँबाट हामीमाथि अन्याय भयो : ओली

amale sthai samiti

१ साउन, काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफूहरुमाथि अन्याय भएको बताएका छन् । न्याय पाउनुपर्ने ठाउँबाट अन्याय भएको उनको भनाइ छ ।

शुक्रबार च्यासलमा बसेको एमाले स्थायी कमिटीको बैठकमा उनले अन्याय भए पनि सर्वोच्च अदालतको फैसला मान्ने र कार्यान्वयन गरिने बताए । आफूहरु आवेश र उत्तेजनामा नभएको उनले स्पष्ट पारे ।

उनले हिजो जनादेशबाट आफूहरु सरकारमा भएको तर आज परमादेशबाट प्रतिपक्षी हुनु परेको जिकिर गरे । “हिजो हामी जनादेशबाट सरकारमा थियौँ, आज हामी पराादेशबाट प्रतिपक्षी भएका छौँ । राष्ट्रियता, संविधान, शान्ति, लोकतन्त्र नेपालको अन्तर्राष्ट्रिय छवि, विकास निर्माणका काम अघि बढाउने कुरा, रचनात्मक र सक्रिय प्रतिपक्षीको भूमिकामा रहनेछौँ । हामी हाम्रा सुझाव र आदर्शलाई अघि बढाउनेछौँ,” उनले भने, “हामी कुनै आवेश, उत्तेजनामा छैनौँ । हामीमाथि अन्याय भएको छ । न्याय पाउनुपर्ने ठाउँबाट अन्याय भएको छ । अन्याय भए पनि फैसला मान्छौँ र कार्यान्वयन गर्छाैँ ।”

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस