प्रदेश १

सोलुखुम्बुमा मानवाधिकार उल्लङ्घनका घटनामा बृद्धि

insec

१ साउन, सोलुखुम्बु । यहाँ मानवाधिकार उल्लङ्घन तथा ज्यादतीका घटना बढेका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले सार्वजनिक गरेको घटना विवरणअनुसार जिल्लामा मानवाधिकार उल्लङ्घन तथा ज्यादतीका घटना वृद्धि भएका हुन् । सन् २०२० मा ३० घटना अभिलेखीकरण गरेको इन्सेकले सन् २०२१ को छ महिनाको अवधिमा २८ मानवाधिकार उल्लङ्घन तथा ज्यादतीका घटना भएका जनाएको छ ।

बिहीबार सल्लेरीमा आयोजित नेपाल मानव अधिकार वर्ष पुस्तक २०२२ प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा कार्यक्रममा सबैभन्दा बढी बलात्कार र बलात्कार प्रयासका घटना बढी रहेको तथ्याङ्क सार्वजनिक गरिएको छ । गत वर्ष नौ घटना भएकामा यो वर्ष छ महिनाको अवधिमा १० बलात्कार र बलात्कार प्रयासका घटना घटेको इन्सेक प्रतिनिधि भोजराज कार्कीले बताए ।

यस्तै इन्सेकको तथ्याङ्कअनुसार गत एक वर्षमा पाँच घरेलु हिंसाका घटना घटेको थियो भने चालू वर्षको छ महिनामा छ घटना घटेका छन् । यस्तै कुटपिट तथा धम्कीका घटनासमेत बढेका छन् । गत वर्ष पाँच घटना अभिलेखीकरण गरेको इन्सेकले यस वर्षका ६ महिनाको अवधिमा ६ घटना अभिलेखीकरण गरेको छ ।

नेपाल पत्रकार महासङ्घ जिल्ला शाखाका अध्यक्ष नुतन श्रेष्ठको अध्यक्षतामा सरोकारवालाबीच गरिएको अन्तरक्रिया कार्यक्रममा बाल यौन दुर्व्यवहारका तीन, आत्महत्या दुरुत्साहनमा एक, हत्या एक र भौतिक संरचनामा क्षति एक भएको तथ्याङ्क सार्वजनिक गरिएको छ । ६ महिनाको अवधिमा इन्सेकको पहलमा एक बालकको उद्धार गरिएको बताइएको छ ।

यस्तै सोही घटनाको समाचार बाहिर आएपछि सात वर्षीया अनाथ बालिकाको समेत प्रहरीले उद्धार गरेको इन्सेकले जनाएको छ । इन्सेक प्रतिनिधि कार्कीका अनुसार प्रहरी नायब उपरीक्षक कवित कटवालको विशेष पहलमा ती बालिकाको उद्धार गरी एसओएस बालग्राम इटहरी पठाइएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *