मुख्य समाचार

राष्ट्रपतिबाट संवैधानिक व्यवस्थाको प्रतिकुल काम भयो– महान्यायाधिवक्ता खाती

Khammabhadur Khati

१ साउन, काठमाडौं । नवनियुक्त महान्यायाधिवक्ता खम्मबहादुर खातीले देशकै अभिभावक राष्ट्रपतिबाट संवैधानिक व्यवस्थाको प्रतिकूल हुनेगरी गराइएको शपथ ग्रहणको कार्य नमिलेको बताएका छन् ।

पदभार ग्रहणपछि कुराकानी गर्दै महान्यायाधिवक्ता खातीले संविधानले गरेको व्यवस्था प्रतिकूल हुने काम राष्ट्रपतिले गर्नुभएको बताएका हुन् । ‘शपथग्रहणको सम्बन्धमा संविधानले गरेको व्यवस्था भनेको प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले नियुक्ति गर्ने हो’ उनले भने ।

‘नेपाल सरकारको कानूनी सल्लाहकारको रुपमा राष्ट्रपतिज्यू समक्ष सम्माननीय प्रधानन्यायाधीशले शपथग्रहण गराउनुपर्छ तर राष्ट्रपति कार्यालयले त्यसो गरेन’ उनले भने । जसले शपथ गराउँछ त्यसले म्यानेज गराउँछ भन्ने दृष्टिकोणले शपथ गराइएको महान्यायाधिवक्ता खातीले बताए ।

यस्तै महान्याधिवक्ता खातीले आफूमाथि ठूला चुनौतीसँगै अवसर पनि रहेकाले जतिसक्दो छिटो सेवाग्राहीको समस्या बुझेर सेवा प्रदान गर्ने प्रतिबद्धता जनाए । महान्यायाधिवक्ताले प्रधानमन्त्रीलाई मात्र नभएर नेपाल सरकारकै तर्फबाट कानूनी सल्लाह दिनसक्ने बताउँदै कस्तो किसिमको कानून बनाउँदा राज्यलाई सहज हुन्छ र सरल रुपमा जनताले त्यसलाई उपयोग गर्न पाउँछन् भन्ने विषयमा काम गर्ने बताए ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस