समाचार

महामारीमा पनि शक्ति र अर्थमै ध्यान, स्वास्थ्यलाई उपेक्षा

Health Ministry

२ साउन, काठमाडौं । कोरोना महामारीसँग जुधिरहेका आमनागरिकले नयाँ सरकार पाए पनि उनीहरूको स्वास्थ्य सुरक्षासँग जुध्ने र नागरिकलाई स्वास्थ्य सुरक्षा प्रदान गर्ने महत्वपूर्ण भूमिकामा रहने स्वास्थ्यमन्त्री भने पाउन सकेका छैनन् ।

गृह, अर्थ, ऊर्जालगायतका मन्त्रालयलाई उच्च प्राथमिकतामा राखेको वर्तमान सरकारले कोरोना महामारीको समयमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई बेवास्ता गरेको छ । स्वास्थ्यमन्त्रीको अभावमा कोरोना महामारीसँग जुध्न सरकार आफंैलाई कठिन पर्छ तर पनि शेरबहादुर देउवा नेतृत्वको सरकारले यसतर्फ खासै ध्यान दिन सकेको छैन ।

कोरोना महामारीले आमसर्वसाधारण आक्रान्त छन् । कोरोना संक्रमण महामारीको जोखिम यथावत् रहेको बेला सर्वोच्च अदालतको परमादेशबाट गठन भएको यो सरकारको प्राथमिकतामा स्वास्थ्य मन्त्रालय पर्न सकेको छैन । गत २९ असारमा प्रधानमन्त्रीमा देउवा नियुक्त भए पनि उनले स्वास्थ्य मन्त्रालयलाई उच्च प्राथमिकतामा राखेनन् ।

कोरोना महामारीमा सबैभन्दा बढी जिम्मेवारी स्वास्थ्य मन्त्रालय र मन्त्रीको हुन्छ तर प्रधानमन्त्रीले त्यसतर्फ ध्यान दिएनन् बरु पावर सेन्टर मानिएको र अर्थको चाँजोपाजो मिलाउने भूमिकामा रहेका मन्त्रालयमा सुरुकै दिनमा मन्त्री बनाइएको छ । गृह मन्त्रालयलाई शक्ति र अर्थ मन्त्रालयलाई पैसाको चलखेल गर्ने मन्त्रालयका रूपमा लिइँदै आइएको छ । यो समाचार आजको राजधानी दैनिकमा छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस