समाचार

नेपाली काँग्रेसका नेता यादवको निधन

yadav

२ साउन, काठमाडौं । नेपाली काँग्रेस नेता रामाज्ञा यादवको निधन भएको छ । यादवको गएराति भरतपुरस्थित क्यान्सर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

पछिल्लो तिन बर्षदेखि ब्लड क्यान्सर रोगबाट ग्रस्त उनको झन्डै एक बर्षदेखि भरतपुरमा डायलासिस हुँदै आएको थियो । उपचारकै क्रममा गएराति निधन भएको उनका सहयोगी नेक महमदले जानकारी दिए ।

यादवको आजै उनकै गाउँ बृन्दाबन नगरपालिका ८ बहुअरी छेउमा अन्त्येष्टी गरिने परिवारले जनाएको छ । यसअघि क्षेत्र ४ का उनी काँग्रेस सभापति रहेका थिए । गत निर्वाचनमा उनी कांग्रेसबाट प्रदेश सांसदमा चुनाव लडेका थिए । उनको २ छोरा र १ छोरी रहेकी छिन् ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस