समाचार

पाल्पामा एक महिलाको शव फेला

Death Body

२ साउन, पाल्पा । शनिवार बिहान पाल्पाको निस्दी गाउँपालिकाकी एक महिलाको शव फेला परेको छ ।

सो गाउँपालिकाको वडा नम्वर–४ छापडाँडाकी अन्दाजी ५१ बर्षीया महिला दिलकुमारी सुनारीको शव उनकै घरको भ-याङ्गमुनी  शनिवार विहान ५ बजेको समयमा फेला परेको हो ।

इलाका प्रहरी कार्यालय रामपुरबाट  प्रहरी निरीक्षकको कमाण्डमा खटिएको प्रहरीले ८ फिट अग्लो भ-याङबाट लडेर उनको मृत्यु भएको भनिए पनि यसबारे अनुसन्धान भई रहेको पाल्पाका प्रहरी प्रवक्ता डिएसपी रामेश्वर त्वातीले जानकारी दिए ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस