लुम्बिनी प्रदेश

पाल्पामा ट्याक्टरमाथि पहिरो खस्दा सहचालकको मृत्यु

bead body tag

२ साउन, बुटवल । पाल्पामा कच्ची सडकमा फसेको ट्याक्टरमाथि पहिरो खस्दा एक जनाको मृत्यु भएको छ ।

तिनाउँ गाउँपालिका –६, डुम्रे स्थित भित्रि सडकमा शनिवार विहान लु १ क २४९६ नम्वरको जेसीभी पहिरोले पुरिँदा सहचालक बर्दियाको बाँसगढी नगरपालिका–४ निवासी २७ बर्षीय महेन्द्र भन्ने मुमलाल पुनको मृत्यु भएको हो । शुक्रबार साँझ गम्भीर घाइते भएका उनको उपचारको क्रममा मृत्यु भएको हो ।

पाल्पाका प्रहरी प्रवक्ता डिएसपी रामेश्वर त्वातीका अनुसार डुम्रेबाट होलीघाटतर्फ ढुङ्गा लोड गरी जाँदै गरेको लु ४ त ६६२९ नम्बरको ट्याक्टर हिलोमा फसे पछि त्यसलाई निकाल्न लु १ क २४९६ र लु १ क २४९७ नम्बरको जेसिबी पुगेको थियो ।

सोही ट्याक्टर निकाल्ने क्रममा एक्कासी  माथिबाट खसेको पहिरोले ट्याक्टर र जेसिबी  पुरिँदा लु १ क २४९६ नम्बरको जेसिबी चालक रैनादेवी छहरा गाउँपालिका–१ का २० वर्षीय सरोज बुढा र सह–चालक बर्दियाका पुन घाइते भएका थिए । बर्दिया घर भएका मृतक पुन पाल्पाको डुम्रेमा बसोबास गर्दै आइरहेका थिए । चालक बुढाको भने प्रभास अस्पतालमा उपचार भई रहेको प्रहरीले जनाइएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *