विश्व/प्रवास

१८ जनामा कोरोना देखिएपछि मेलवर्नमा लकडाउन

australia lockdown

२ साउन, काठमाडौं । अष्ट्रेलियाको भिक्टोरिया राज्यमा एक्कासी लकडाउन गरिएको छ । देशको दोस्रो ठूलो शहर मेलवर्न यही राज्यमा पर्छ । शुक्रबार थप दुई जनामा संक्रमण देखिएलगत्तै यहाँ तत्काल लकडाउन लागु गरिएको हो ।

यससँगै कोरोनाबाट संक्रमित हुनेको कुल संख्या १८ पुग्यो । महामारी सुरु भएयता भिक्टोरिया राज्यमा लकडाउन गरिएको यो पाँचौ पटक हो । यो लकडाउन आगामी मंगलबारसम्म जारी रहनेछ । देशको सबैभन्दा ठूला शहर सिड्नीसहितका भूभाग समेट्ने छिमेकी राज्य न्यू साउथ वेल्समा महामारी फैलिएपनि मेलवर्नले यसअघि महामारी नियन्त्रणमा सफलता पाएको थियो ।

यद्यपी, गत साता सिड्नीबाट फर्निचर बोकेका केही मानिसहरु मलेवर्न आएका थिए र कोरोना संक्रमण पनि फैलियो । ६६ लाख जनसंख्या रहेको भिक्टोरिया राज्यमा मानिसहरुले अत्यावश्यक कामबाहेक हिँडडुल गर्न पाउनेछैनन् । खाद्यान्न किनमेल, अत्यावश्यक काम, अभ्यास र खोप लगाउनका लागि मात्रै बाहिर निस्कन पाइने नियम लागु गरिएको छ ।

न्यु साउथ वेल्समा पनि पाँच साता लामो लकडाउन लागु गरिएको छ, जो जुलाईको अन्त्यसम्म कायम रहनेछ । यी दुई राज्यमा अष्ट्रेलियाको कुल जनसंख्याको झन्डै ६० प्रतिशत बस्छन् । सिड्नीमा झन्डै १ हजार जनामा संक्रमण देखिएको छ, यहाँ उच्च संक्रामक डेल्टा भेरियन्ट फैलिएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस