मुख्य समाचार

ओलीले बोलाए केन्द्रीय कमिटी बैठक

kp oli

२ साउन, काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीको केन्द्रीय कमिटीको बैठक आह्वान गरेका छन् ।

केन्द्रीय कमिटीको १४औँ बैठक आउँदो सोमबार बिहान ११ बजेका लागि डाकिएको पार्टी केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए । बैठक च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानको भवनमा बस्ने गरी बोलाइएको छ । त्यसअघि, आइतबार बिहान ११ बजेका लागि स्थायी कमिटी बैठक बोलाइएको छ ।

शुक्रबार पनि स्थायी कमिटीको बैठक बसेको थियो । बैठकले पार्टी एकताका लागि कार्यदलले बुझाएको प्रतिवेदन अनुमोदन गर्दै कार्यदल भंग गरेको थियो । शुक्रबार नै संसदीय दलको बैठक पनि बसेको थियो ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *