
२ साउन, काठमाडौं । हाल देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या २५ हजार ९५२ रहेको छ ।
काठमाडौं उपत्यकामा मात्रै सक्रिय संक्रमितको संख्या सात हजार ३९९ छ । त्यसमध्ये काठमाडौंमा मात्रै पाँच हजार ५४० सक्रिय संक्रमित छन् । हाल ललितपुरमा ९५१ र भक्तपुरमा ९०८ सक्रिय संक्रमित छन् ।
काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ४२८ जनामा संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १० हजार ६६ वटा स्वाब नमुनाको परीक्षण गर्दा देशभर एक हजार ८७५ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार जनाएको छ ।
पछिल्लो २४ घण्टामा देशभर दुई हजार १६४ जना कोरोनामुक्त भएका छन् । यो अवधिमा कोरोनाका कारण २१ जनाको मृत्यु पुष्टि भएको छ ।
प्रतिक्रिया दिनुहोस