२ साउन, काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर १८ सय बढीमा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा १० हजार ६६ जनामा परीक्षण गर्दा १८७५ जनामा संक्रमण पुष्टि र सोही अवधिमा २१६४ जना संक्रमण मुक्त भएका हुन् ।
यस्तै देशभर कोरोनाबाट थप २१ जनाको मृत्यु भएको छ । यससँगै देशभर कोरोनाबाट हालसम्म मृत्यु हुनेको कुल संख्या ९ हजार ५२७ पुगेको छ । हालसम्म कोरोना संक्रमितको कुल संख्या ७ लाख नाघेको छ ।
पीसीआर विधिबाट भएको परीक्षणमा हालसम्म ६ लाख ६५ हजार ८८६ जनामा संक्रमण पुष्टि भएको छ भने एन्टिजेन विधिबाट ४८ हजार ३६२ जनामा संक्रमण पुष्टि भएको छ । यस्तै हालसम्म संक्रमितमध्ये ६ लाख ३० हजार ४०७ जना निको भएका छन् ।
प्रतिक्रिया दिनुहोस