समाचार

कञ्चनपुरमा मृतावस्थामा फेला परे साधु

linga

२ साउन, कञ्चनपुर । बेदकोट नगरपालिका–४ स्थित पर्यटकीय क्षेत्र लिंगामा बस्दै आएका अन्दाजी ७५ वर्षीय साधु किसननाथ आज मृतावस्थामा फेला परेका छन् ।

स्थानीय बासिन्दाले प्रहरीलाई सो सम्बन्धमा खबर गरेका थिए । मृत्युको कारणबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक सिद्धराज न्यौपानेले बताए ।

“मृतकको शरीरको बाह्य क्षेत्रमा कुनै किसिमको चोटपटक लागेको छैन,” उनले भने, “हिजो बिरामी भएर उपचारका लागि गएको भन्ने बुझिएको छ । बिरामी परेर वा अन्य के कारणले मृत्यु भएको हो, त्यसबारे अनुसन्धान भइरहेको छ ।”

साधु गिरी लिंगा क्षेत्रमा विगत चार वर्षदेखि बस्दै आएको बताइएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *