लुम्बिनी प्रदेश

बाँकेमा भोलिदेखि भेरोसेल खोप लगाइने

corona vaccine

२ साउन, बाँके । बाँकेमा आइतबारदेखि ५ गतेसम्म भेरोसेलको पहिलो मात्रा लगाइने भएको छ । सरकारले निर्धारण गरेको लक्षित समूहलाई भेरोसेलको पहिलो मात्रा दिन लागिएको जनाइएको छ ।

बाँके जिल्लाको नरैनापुर गाउँपालिका, डुडुवा गाउँपालिका, बैजनाथ गाउँपालिका र राप्तीसोनारी गाउँपालिकामा आइतबारदेखि खोपको पहिलो डोज दिइने स्वास्थ्य कार्यालय बाँकेका खोप अधिकृत भेषराज शर्माले बताए ।

स्वास्थ्य कार्यालयले सूचना जारी गर्दै नेपालगञ्ज उपमहानगरपालिका, कोहलपुर नगरपालिका, जानकी गाउँपालिका र खजुरा गाउँपालिकामा भने यही साउन १० देखि १२ गतेसम्म खोपको पहिलो मात्रा दिइने जनाएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस