बागमती प्रदेश

चितवनको खैरहनीमा ट्याङ्करको ठक्करबाट युवतीको मृत्यु

accident

२ साउन, चितवन । पूर्वी चितवनको खैरहनीमा ट्याङ्करको ठक्करबाट युवतीको मृत्यु भएको छ । अर्का एक जना घाइते भएका छन् । इलाका प्रहरी कार्यालय खैरहनीका अनुसार मृत्यु हुनेमा खैरहनी नगरपालिका–१० की २२ वर्षीया सिर्जना चौधरी रहेकी छन् ।

कार्यालयका प्रहरी निरीक्षक सुवास भट्टका अनुसार आज साँझ ६ बजे मकवानपुरबाट रत्ननगरतर्फ आउँदै गरेको ना ८ ख ३०२४ नम्बरको तेल बोक्ने ट्याङ्करले विपरित दिशाबाट जाँदै गरेको ना ४४ प ५१२२ नम्बरको मोटरसाइकललाई खैरहनीको पर्सा बजार चोकमा ठक्कर दिएको थियो । ठक्करबाट मोटरसाइकलको पछाडि सवार चौधरी घाइते भएकी थिइन् ।

चौधरीको उपचारका क्रममा पुरानो मेडिकल कलेजमा मृत्यु भएको कार्यालयले जनाएको छ । कार्यालयका अनुसार मोटरसाइकल चालक रत्ननगर नगरपालिका–३ का २६ वर्षीय सुवास चौधरी घाइते भएका छन् । घाइते सुवासको सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । ठक्कर दिने ट्याङ्कर, चालक र मोटरसाइकल प्रहरीको नियन्त्रणमा रहेको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *