कर्पोरेट

दराज महाबचत बजार : म्याक बुक प्रो १३ साथै आई फोन १२ जित्ने मौका

maha bajat

३ साउन, काठमाडौं । अनलाइन बजार दराजले साउन ३ गते देखि दराज महाबचत बजार सुरु हुने घोषणा गरेको छ । अभियानको मुख्य हाइलाइटहरू भने रु ४,००० सम्मको छुट, बैङ्क कार्ड वा आईएमई पे (IME Pay) मार्फत अनलाइन प्री-पेमेन्टमा रु २,००० सम्मको  छुट, रु १ मा आई फोन १२ जित्ने मौका, बम्पर उपहारमा म्याक बुक प्रो १३ जित्ने मौका , नि:शुल्क डेलिभारी , नि:शुल्क भाउचर साथै थुप्रै अरु पुरस्कार जित्ने मौका रहेको छ ।

यस अभियानको लागि, नाबिल बैङ्क, सानिमा बैङ्क, माछापुच्छ्रे बैङ्क र एनएमबी बैङ्कका कार्डधारकहरूले प्री-पेमेन्टमा आकर्षक छुटको मजा लिन सक्नेछन् । यी बैङ्कका डेबिट कार्ड धारकहरूले १५ % (रु १,५०० सम्म)को छुट पाउनेछन् भने क्रेडिट कार्ड धारकहरूले कार्ड प्री-पेमेन्टमा २०% (रु २००० सम्म) छुट पाउनेछन् । यो अफर सिमित समयको लागि मात्र उपलब्द रहेको कम्पनीले जनाएको छ ।

यसै गरि, ग्राहकहरु आफ्नो आईएमई पे (IME Pay) खाता मार्फत प्री-पेमेन्ट गरेर मूल्य अजै कम गर्न पनि सक्दछन्।आईएमई पे (IME Pay) मार्फत भुक्तानी गरे ग्राहकहरूले आफ्नो सबै खरीदहरूमा २०% (रु १,००० सम्म) छुट पाउन सक्नेछन् । यसबाहेक, पहिलो पटक भिसा कार्ड मार्फत भुक्तानी गर्ने दराज ग्राहकहरूले २०% सम्मको छुट पाउन सक्नेछन् । भिसा डेबिट कार्ड मार्फत प्री-पेमेन्टी गरेमा १५ % (रु ५००) सम्म छुट र भिसा क्रेडिट कार्ड मार्फत पूर्व-भुक्तानीमा २०% (रु ५००) छुट पाउन सक्नेछन ।

दराज महाबचत बजारमा प्रदर्सित “खेल एक रुपैयाँ”मा भाग लिये ग्राहकहरुले रु १,३३,००० मूल्यको आई फोन १२ र रु ५०,००० को श्री बालाजी हिराको झुम्का जस्ता पुरस्कार केवल १ रुपैयाँमा जित्न सक्नेछन्। यसै गरि अरु अन्य पुरस्कार पनि उपलब्द छन् । खेलमा भाग लिन ग्राहकहरुले बैङ्क कार्ड वा आफ्नो आईएमई पे  (IME Pay) खाता प्रयोग गरि १ रुपैयाँ भुक्तानी गर्न सक्दछन् । येदि जितेनन भनि रकम फिर्ता हुनेछ ।

दराज महाबचत बजारमा नयाँ सामसङ एफ २२ स्मार्टफोनको लन्च हुनेछ भने विभिन्न किसिमका उत्पादन कोटीहरूमा मूल्य कटौती पनि प्रदर्शन हुनेछ । शीर्ष राष्ट्रिय र अन्तर्राष्ट्रिय ब्रान्डहरू जस्तै सुजुकी, सामसङ, पानासनिक, मोटोरोला, सीजी डिजिटल, एर्क, लोट्टो, टाइटन, गोल्डस्टार, मसला बीड्स, वाइल्डस्टोन, र मीमीले  आफ्नो अन्य उत्पादनहरूमा विशेष छूट प्रदान गर्दैछन् ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *