३ साउन, काठमाडौं । त्रिभुवन विश्वविद्याल (त्रिवि)बाट सम्बन्धन प्राप्त गरी सामुदायिक क्याम्पसका रुपमा सञ्चालित २३ वटा क्याम्पसलाई त्रिवि व्यवस्थापन संकायले एमबीएस कार्यक्रम सञ्चालन गर्न स्वीकृत दिएको छ ।
त्रिवि कार्यकारी परिषद्ले गएको असार २८ गते यस्तो निर्णय गरेको हो । जसअनुसार शैक्षिकसत्र ०७८–७९ देखि एमबीएस कार्यक्रम सञ्चालन हुँदै छ । सम्बन्धन प्राप्त गर्ने क्याम्पसहरुमा उपत्यकाबाहिर २१ र काठमाडौंका दुईवटा कलेज रहेको त्रिविद्वारा जारी सूचनामा उल्लेख छ ।
स्वीकृत पाएको क्याम्पसले कार्यक्रम सम्बन्धन शुल्क बुझाएको बैंक भौचरसहित यही साउन १० गतेभित्र डीनको कार्यलयमा निवेदन पेस गर्नुपर्नेछ । यस्तै, सम्बन्धन प्राप्त काठमाडौं उपत्यकाभित्रका क्याम्पसले पाँच लाख र उपत्यकाबाहिरकाले दुई लाख ५० हजार रुपैयाँ सम्बन्धन शुल्क बुझाउनुपर्ने जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस