विश्व/प्रवास

भारतमा तेस्रो लहरको आशंकाबीच फेरि बढ्यो संक्रमण

coronavirus in india

३ साउन, काठमाडौं । भारतमा कोरोनाको दोस्रो लहरको रफ्तार कम भएको छ । तर, तेस्रो लहर आउने आशंका छ । यसबीच संक्रमितको दैनिक आँकडामा पनि उतार–चढाव देखिएको छ । केरला र महाराष्ट्रसहित कैंयन राज्यमा फेरि एकपटक कोरोना भाइरसको कहर सुरु भएको छ ।

भारतमा पछिल्ला २४ घण्टामा ४१ हजार १ सय ५७ जनामा संक्रमण देखियो र ५ सय १८ जनाले संक्रमणका कारण ज्यान गुमाए । जबकी, एक दिन पहिले अर्थात् शनिबार ३८ हजार १ सय १२ जना नयाँ संक्रमित भेटिएका थिए र ५ सय ६० जनाको संक्रमणकै कारण ज्यान गएको थियो ।

भारतको केन्द्रीय स्वास्थ मन्त्रालयका अनुसार पछिल्ला २४ घण्टामा ४२ हजार ४ जना निको भएका छन् । त्यसैगरी उपचाररत बिरामीको संख्या घटेर ४ लाख २२ हजार ६ सय ६० मा झरेको छ, जो कुल संक्रमणको १ सय ३६ प्रतिशत हो । कोभिड १९ बाट निको हुनेको दर ९७ दशमलव ३१ प्रतिशत पुगेको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस