समाचार

देउवालाई मत दिनु हाम्रो कर्तव्य हो: सांसद झाँक्री

ramkumari

३ साउन, काठमाडौं । नेकपा एमालेकी सांसद रामकुमारी झाँक्रीले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिनु आफूहरूको कर्तव्य भएको बताएकी छन् ।

सांसद झाँक्रीले आइतबार सामाजिक सञ्जाल फेसबुकमा आफूहरूले संविधानको धारा ७६ को उपधारा ५ अनुसार देउवालाई १४९ जना सांसदले समर्थन गरेको भन्दै त्यसमध्ये १४६ जनाले सर्वोच्चको ढोका नै ढक्ढक्याएकाले देउवालाई मत दिनुपर्ने बताएकी हुन् ।

झाँक्रीले फेसबुकमा यस्तो लेखेकी छन् :

हामीले ७६ (५) को प्रमको लागि सङ्घीय संसद्का माननीय सदस्य शेरबहादुर देउवालाई समर्थन गरेका थियौँ । १४९ जनाको समर्थन हुँदा पनि राष्ट्रपतिबाट नियुक्ति नभएपछि १४६ जना सदस्यहरू सर्वोच्च अदालतको ढोका ढक्ढकाउन पुगेका हौँ। अदालतले परमादेशको आदेश जारी गरेपछि बनेको सरकार र प्रधानमन्त्रीलाई विश्वासको मत दिनु हाम्रो कर्तव्य हो। सकिन्छ नेकपा एमालेले संस्थागत निर्णय गरी फ्लोरमा बसेर विश्वासको मतको पक्षमा भोट हालौँ । त्यसो गर्न सकिँदैन भने सांसदहरूलाई संसद्को पुरा कार्यकाल सञ्चालन गर्न हामी सबैले विवेक प्रयोग गरी पक्षमा भोट हालौँ । यदि त्यो पनि भएन भने हामी २३ जना निवेदककर्ताले भोट हाल्नु त हाम्रो कर्तव्य नै हो । हामीले विश्वासको मतको पक्षमा भोट हाल्नेछौँ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस