मुख्य समाचार

देउवालाई विश्वासको मत दिन झलनाथको अपिल

jhalanath khanal

३ साउन, काठमाडौं । पूर्वप्रधानमन्त्री तथा एमाले नेता झलनाथ खनालले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिन अपिल गरेका छन् ।

भारतको दिल्लीस्थित एपोलो अस्पतालमा उपचाररत पूर्वप्रधानमन्त्रीसमेत रहेका नेता खनालले एक वक्तव्य जारी गर्दै यस्तो अपिल गरेका हुन् ।

त्यसैलै उनले एमालेका सम्पूर्ण संसदीय दलका सम्पूर्ण माननीय सदस्यहरुलाई कुनै पनि प्रकारको अलमल र आक्रोशबाट प्रभावित नभई देउवा सरकारलाई विश्वासको मत दिन आग्रह गरेका छन् ।

नेता खनालले उनले आफ्नो मत पनि देउवा सरकार कै पक्षमा हुने कुरा पनि वक्तव्यमा प्रष्ट पारेका छन् । वक्तव्यमा नेता खनालले हाल आफ्नो स्वास्थ्य सुधारोन्मुख रहेको पनि उल्लेख गरेका छन् ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस