सेयर मार्केट

नयाँ आर्थिक वर्षको पहिलो कारोबार दिन सेयर बजारमा झण्डै १ सय अंकको वृद्धि

nepse increase

३ साउन, काठमाडौं । नयाँ आर्थिक वर्षमा कारोबार भएको पहिलो दिन सेयर बजारको परिसूचक नेप्से झण्डै १ सय अंकले बढेको छ । ९७. २ अंकले बजार बढेर २९८० अंक कायम भएको छ । यस दिन कारोबार रकममा पनि वृद्धि भएको छ । ११ अर्ब ६३ करोड रुपैयाँको सेयर किनबेच भएको छ। सबै समूहहरु बढेका छन् । जेठ ३१ गते परिसूचकले सबैभन्दा धेरै ३०२६ अंक कायम गरेको थियो। त्यस्तै जेठ ३० गते सबैभन्दा धेरै १९ अर्ब ५५ करोड रुपैयाँको सेयर किनबेच भएको रेकर्ड छ।

समूहगत रुपमा हेर्दा बैंकिङ ९२, ब्यापार ३३, होटल तथा पर्यटन ५८, विकास बैंक २३३, जलविद्युत ४५, फाइनान्स ३५, निर्जीवन बीमा ४४१, उत्पादन १६५, अन्य १९, माइक्रोफाइनान्स १९० र जीवन बीमा ६४८ अंकले बढेका छन् । यस दिन सिन्धु विकास बैंक, सिंगटी हाइड्रोपावर, ङादी ग्रुप, समृद्धि फाइनान्स र हिमालय पावर पार्टनरका सेयर लगानीकर्ताले १० प्रतिशत मूल्य कमाएका छन् ।

त्यस्तै सिद्धार्थ बैंकको मूल्य ८ प्रतिशतले बढेको छ । महालक्ष्मी विकास बैंक, एक्सल डेभलपमेन्ट बैंक र पाँचथर पावरको मूल्य साढे ७ प्रतिशतभन्दा धेरैले बढेका छन् । यस दिन  मल्टिपर्पोज फाइनान्सको १.७७ तथा रिडी हाइड्रोपावरको १.३९ प्रतिशतले मूल्य घटेको छ । अरुण भ्याली, नारायणी डेभलपमेन्ट र माथिल्लो तामाकोसीको मूल्य पनि घटेको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस