मुख्य समाचार

भीम रावलले दिए सांसद् पदबाट राजीनामा

bhim rawal

३ साउन, काठमाडौं । नेकपा एमालेका सांसद् भीम रावलले सांसद पदबाट राजीनामा दिएको घोषणा गरेका छन् ।

माधव नेपाल पक्षबाट पार्टी विवाद समाधान गर्न गठन गरिएको कार्यदलका संयोजकसमेत रहेका रावल काँग्रेस सभापति शेरबहादुर देउवालाई विश्वासको मत दिने निर्णयबाट असन्तुष्ट रहेको कारण संसद पदबाट राजीनामा दिएको घोषणा गरेका हुन् ।

सभामुख समक्ष आफ्नो राजीनामा बुझाउन नेता रावल संघीय संसद् भवनमा पुगेका छन् । रावल अछाम निर्वाचन क्षेत्र नम्बर १ बाट निर्वाचित नेकपा एमालेका सांसद हुन् ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *