समाचार

प्रतिनिधिसभाको बैठक सुरु

Parliament Agni

३ साउन, काठमाडौं । प्रतिनिधिसभाको बैठक सुरु भएको छ । संसद् भवन नयाँ बानेश्वरमा आठौँ अधिवेशनको पहिलो बैठक बसेको हो । आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिनेलगायत कार्यसूची छ ।

आज प्रतिनिधिसभाका दुईवटा बैठक बस्नेछ । पहिलो बैठकमा राष्ट्रपति कार्यालयबाट आएका पत्रहरु प्रस्तुत गरिने, सरकारले ल्याएका अध्यादेशहरु प्रस्तुत गरिने तथा शोक प्रस्तावहरु पारित गरिने सभामुख अग्निप्रसाद सापकोटाले बताएका छन् ।

आजै बस्ने प्रतिनिधिसभाको दोस्रो बैठकमा प्रधानमन्त्री देउवाले विश्वासको मत लिने कार्यसूची तय गरिएको उनले बताए ।

सर्वोच्च अदालतले गएको असार २८ गते प्रतिनिधिसभा पुनःस्थापना गरेपछि पहिलोपल्ट प्रतिनिधिसभा बैठक बसेको हो । देउवा असार २९ गते प्रधानमन्त्रीमा नियुक्त भएका भएका हुन् ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस