३ साउन, चितवन । चितवनमा एक सिंगे गैंडाको आक्रमणबाट एक वृद्धको मृत्यु भएको छ ।
रत्ननगर-११ स्थित पन्चकन्या सामुदायिक वनमा न्युरो टिप्न गएका ७५ वर्षीय रोहिका कुमालको गैंडाको आक्रमणबाट मृत्यु भएको हो । उनी सो वन नजिकै सितल टोलका हुन् ।
आक्रमणमा गम्भीर घाइते भएका उनको भरतपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस