
३ साउन, काठमाडौं । पूजा शर्मा र आकाश श्रेष्ठले अभिनय गरेको नयाँ गीत ‘धर्ती आकाश’ युट्युब ट्रेन्डिङको शीर्ष स्थानमा पुगेको छ ।
दुर्गा खरेल र रोशन अधिकारीको स्वरमा शुक्रबार साँझ सार्वजनिक गीतको भिडिओ युट्युबमा छोटो समयमा एक नम्बर बन्न सफल भएको हो । दुई दिन नुपुग्दै १० लाख बढी भ्युज पाउन सफल गीतमा अर्जुन पोखरेलको शब्द तथा संगीत छ ।
यसअघि संगीतकार अर्जुन पोखरेलको ‘नबोली नबोली’ र ‘काले केटा २’ जस्ता गीतहरु पनि ट्रेन्डिङमा आएका थिए ।
‘काले केटा २’ मा गायिका दुर्गाकै स्वर थियो । मुस्ताङ र धम्पुसमा छायांकन भएको भिडियोमा पूजा र आकाशको जोडीको उपस्थितिले पनि गीतलाई चर्चामा ल्याएको हो । उत्सव दाहालको छायांकनमा बनेको गीतमा संगीत संयोजन रिदम कँडेलले गरेका छन् ।
प्रतिक्रिया दिनुहोस