समाचार

आगलागीमा परी ओखलढुंगामा चार वर्षीय बालिकाको मृत्यु

fire

३ साउन, ओखलढुंगा । ओखलढुंगाको मानेभन्ज्याङ गाउँपालिकामा आगलागीमा हुँदा एक बालिकाको जलेर मृत्यु भएको छ ।

आईतबार दिउँसो मानेभन्ज्याङ गाउँपालिका ६ का स्थानिय भक्तिशरी राईको गाई गोठमा आगलागी हुँदा सिन्धुलीको फिक्कल गाउँपालिकाबाट माइती घर आएकी समिता राई खड्काकी चार बर्षिय छोरी धन कुमारी खड्काको जलेर मृत्यु भएको हो ।

बालिकासँगै गोठभित्र रहेको दुई वटा गाई र चार वटा खसी बाख्रा समेत जेलेको जिल्ला प्रहरी कार्यलय ओखलढुंगाले जनाएको छ ।

बालिकाले गाईगोठभित्र लाईटर खेलाउँदा गोठमा आगलागी भएको हुनसक्ने जिल्ला प्रहरी कार्यलय ओखलढुंगाका प्रमुख प्रहरी नायव उपरीक्षक गोविन्दराज काफ्लेले जानकारी दिए । घटनाको विषयमा थप अनुसन्धानका लागी मानेभन्ज्याङ प्रहरी चौकी तथा जिल्ला प्रहरी कार्यालयबाट प्रहरी टोली गएको प्रहरी प्रमुख काफ्लेले बताए ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस