३ साउन, काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर एक हजार ८०१ जना कोभिड–१९ संक्रमित थपिएका छन् । नौ हजार ६२८ वटा स्वाब नमुनाको परीक्षण गर्दा एक हजार ८०१ जनामा संक्रमण पुष्टि भएको हो ।
यस्तै, कोरोनाका कारण पछिल्लो २४ घण्टामा २३ जनाको मृत्यु पुष्टि भएको छ । योसँगै नेपालमा कोभिड संक्रमणका कारण मृत्यु हुनेको संखया नौ हजार ५५० पुगेकोे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार जनाएको छ ।
प्रतिक्रिया दिनुहोस