मुख्य समाचार

उहिले देउवालाई श्री ५ बाट न्याय भयो, यसपटक श्रीमान् ५ बाट- प्रदीप ज्ञवाली

Pradeep

३ साउन, काठमाडौं । नेकपा (एमाले)का सांसद प्रदीप ज्ञवालीले प्रधानमन्त्री शेरबहादुर देउवालाई अदालतले दिएको धन्यवादप्रति व्यंग्य गरेका छन् । आइतबार प्रतिनिधिसभामा विश्वासको मत दिने बैठकमा भाग लिँदै नेता ज्ञवालीले प्रधानमन्त्रीमाथि व्यंग्य गरेका छन् ।

“प्रधानमन्त्रीबाट अपदस्थ गरेका राजाले पछि प्रधानमन्त्री शेरबहादुर देउवाज्यूलाई नै नियुक्त गर्नुभयो । त्यस बेला उहाँले श्री ५ बाट न्याय भयो भन्नुभएको थियो,” ज्ञवालीले भने, “त्यस बेला श्री ५ बाट न्याय भयो, यसपटक श्रीमान् ५ बाट । सम्माननीय प्रधानमन्त्रीज्यू, त्यस बेलाको श्री ५ को न्याय माघ १९ मा कहाँ पुग्यो ?”

उनले यसअघि नै चारपटक प्रधानमन्त्री बनिसकेका प्रधानमन्त्री देउवालाई ज्योतिषले सातपटक भनेको स्मरण गराए । “ज्योतिषले सातपटक प्रधानमन्त्री बन्छस् भनेको छ भन्नुहुन्थ्यो,” ज्ञवालीले भने, “दलीय व्यवस्था नै धरापमा पर्‍यो भने के बन्नुहोला ?”

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस