खेलकुद समाचार

एथ्लेटिक्स प्रशिक्षक मल्ललाई कोरोना संक्रमण, उनको स्थानमा सन्तोष श्रेष्ठ टोकियो जाने

Olympic

३ साउन, काठमाडौं । जापानमा आयोजना हुने ३२औँ ग्रीष्मकालीन ओलम्पिकमा सहभागिता जनाउने एथलेटिक्स प्रशिक्षक इन्द्रकुमारी मल्ललाई कोरोनाभाइरसको संक्रमण पुष्टि भएपछि सन्तोष श्रेष्ठ टोकियो जाने पक्का भएको छ ।

जापान प्रस्थान गर्नुअघि गरिएको कोराना परीक्षणमा प्रशिक्षक मल्ललाई कोरोना पोजिटिभ देखिएको हो । उनी ओलम्पिक खेल्ने एथलेटिक्स खेलाडी सरस्वती चौधरीको प्रशिक्षक हुन् ।

नेपालका तर्फबाट एथलेटिक्समा प्रशिक्षकका रुपमा मल्ल सहभागी हुने निर्णय भएअनुसार उनको सहभागिताका लागि आवश्यक तयारीको सिलसिलामा कोभिड–१९ को पीसीआर परीक्षण गर्दा रिपोर्ट पोजिटिभ आएको हो ।

टोकियो ओलम्पिक २०२० को आयोजक कमिटीको कोभिडसम्बन्धी नियमानुसार कोरोना पुष्टि भइसकेपछि सहभागी गराउन नमिल्ने भएकाले उनको स्थानमा पहिलेको सूचीमा एक्रिडेसन कार्ड भइसकेका प्रशिक्षक श्रेष्ठ जाने नेपाल ओलम्पिक कमिटीले जनाएको छ ।

एथलेटिक्स टोली यही जुलाई २५ तारिखमा टोकियो जाने तालिका छ । चौधरीले १०० मिटर दौडमा प्रतिस्पर्धा गर्ने बताइएको छ । ओलम्पिक यही जुलाई २३ देखि अगस्त ८ तारिखसम्म हुनेछ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस