समाचार

तालमा माछा मार्न गएका युवकको डुबेर मृत्यु

bead body tag

३ साउन, जनकपुरधाम । सर्लाहीको बागमती नगरपालिकास्थित भरत तालमा माछा मार्न गएका एक युवकको सोही तालमा डुबेर मृत्यु भएको छ । मृत्यु हुनेमा बागमती नगरपालिका वडा नम्बर १ निवासी १८ बर्षीय सुशान्त थापा रहेको प्रहरीले जनाएको छ ।

नगरपालिकाको वडा नम्बर १२ स्थित उक्त तालमा थापासहित ७ जना युवक शनिबार माछा मार्न गएका थिए । अन्य युवाहरु सकुशल रहेकोमा थापा डुबेर वेपत्ता भएका थिए ।

वेपत्ता भएका थापाको शव आईतबार साँझ फेला परेको सर्लाही प्रहरीका प्रबक्ता एवं डीएसपी माधवप्रसाद बुढाथोकीले जानकारी दिए ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस