समाचार

हाँस्य कलाकार पल्पसा डंगोलको दुबै किड्नी फेल

Chamsuri

३ साउन, काठमाडौं । हाँस्य कलाकार पल्पसा डंगोल ‘चम्सुरी’को दुबै किड्नी फेल भएको छ । उनी एक महिनादेखि काठमाडौंको टिचिङ अस्पतालमा उपचार भइरहेको थियो । तर यसबारे भने उनले कहिल्यै पनि खुलाएकी थिइनन् ।

किड्नीको डायलसिस गर्ने क्रममा रगत नआएपछि उनी आत्तिएको र यसपछि, भने उनी अस्वस्थ रहेको खबर सार्वजनिक भएको हो । एक महिना अगाडि निकै गाह्रो भएपछि उनी उपचारका लागि टिचिङमा भर्ना भएकी थिइन् । पल्पसा विगत ५ बर्षदेखि किड्नीको उपचार गराइरहेकी थिइन् ।

उनको अब तत्काल किड्नी ट्रान्सप्लान्ट गर्नुपर्ने अवस्था रहेको छ । उनको किन्डी ट्रान्सप्लान्टका लागि ५० लाख भन्दा बढी रकम लाग्नेछ । कलाकारहरुले उनको उपचारका लागि आर्थिक श्रोत समेत जुटाउन थालिसकेका छन् ।

चम्सुरीले धेरै नेपाली हास्य टेलिश्रृङ्खलामा काम गरिसकेकी छन् । तीतो सत्य जस्ता लोकप्रिय टेलिफिलिम देखि पछिल्लो समय मेरी बास्सैमा उनी काम गर्दै आएकी थिइन् ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *