मुख्य समाचार

एसईई नतिजा प्रकाशन नहुँदै कक्षा ११ मा भर्ना नलिन निर्देशन

KTM Mahanagarpalika

३ साउन, काठमाडौं । काठमाडौं महानगरपालिका अन्तर्गत शिक्षा विभागले माध्यामिक शिक्षा परीक्षा (एसईई) को नतिजा अगावै कक्षा ११ मा भर्ना नलिन विद्यालयलाई निर्देशन दिएको छ ।

विभागका प्रमुख रामप्रसाद सुवेदीले काठमाडौंका कतिपय विद्यालयले नतिजा प्रकाशित नहुँदै प्रिरजिस्ट्रेसन गरेर भर्ना गरेको गुनासो अभिभावकबाट आउन थालेपछि आज सूचना प्रकाशित गरेको जानकारी दिए ।

सूचनामा कक्षा ११ मा भर्ना लिन थालेको भन्ने गुनासोमा विभागको गम्भीर ध्यानाकर्षण भएको, एसईई नतिजापछि  मात्रै भर्ना लिनुपर्ने, कक्षा ११ र १२ भर्ना लिदाको समयमा मात्र कुल रकम तोक्नुपर्ने रहेको छ ।

यस्तै, विद्यार्थीसँग रजिस्ट्रेसन दस्तुर र परीक्षा शुल्क लिँदा राष्ट्रिय परीक्षा बोर्डले तोकेको शुल्क मात्र लिनुपर्ने, कक्षा ११ र १२ मा विद्यार्थीलाई दिइने सेवा र विद्यार्थीबाट लिइने शुल्क के कति हो १५ साउनभित्र विभागमा बुझाइसक्नुपर्ने छ ।

माध्यामिक विद्यालय तथा क्याम्पसहरूले तोकिए अनुसार छात्रवृत्ति अनिवार्य रूपमा प्रदान गर्नुपर्ने र छात्रवृत्ति प्राप्त गर्ने विद्यार्थीहरूको विवरण शैक्षिक सत्र सुरु भएको दुई महिनाभित्र विभागमा पेश गर्नुपर्न सूचनामा उल्लेख छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *