मुख्य समाचार

मतदानअघि नै माधव पक्षका केही सांसद प्रतिनिधिसभा बैठकबाट बाहिरिए

uml samsad

३ साउन, काठमाडौं । नेकपा एमालेका माधव नेपाल पक्षीय प्रतिनिधिसभा सदस्य बैठक हलबाट बाहिरिएका छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाद्वारा प्रस्तुत विश्वासको मतको सन्दर्भमा छलफल चलिरहेका बेला नेपाल पक्षका केही सांसद बाहिरिएका हुन् । राजेन्द्र महतो र महन्थ ठाकुर जस्ता प्रतिगामीले पनि विश्वासको मत दिने भएपछि बैठकबाट बाहिरिएको सांसद झपट रावलले जानकारी दिए ।

विश्वासको मतका लागि आवश्यक पर्ने गरी मात्र माधव पक्षका सांसदहरूले मत दिने रावलको भनाइ छ । यद्यपि जसपाको महन्थ पक्षले. विश्वासको दिन भएपछि देउवालाई बहुमतका लागि माधव पक्षको मत अनिवार्य छैन ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस