समाचार

देउवालाई बधाई छ तर फोहोरी खेलमा हामी तटस्थ बस्छौँ : राप्रपा

rajendra lingden

३ साउन, काठमाडौं । राप्रपाका सांसद राजेन्द्र लिङ्देनले शेर बहादुर देउवालाई विश्वासको मत नदिने बताएका छन् । पार्टीका तर्फबाट भएको निर्णय भन्दै तटस्थ बस्ने निर्णय सुनाएका लिङ्देनले प्रधानमन्त्रीलाई बधाइ भने दिएका छन् ।

“संविधान मास्न चाहने र संरक्षण गर्न चाहनेको झगडा भने पनि यो सत्तामा जाने अस्वस्थ प्रतिस्पर्धा नै हो, त्यसकारण यस्तो फोहोरी खेलमा हामी तटस्थ बस्ने निर्णय गरेका छौँ,” लिङ्देनले भने, “तर पनि प्रधानमन्त्री शेरबहादुर देउवालई बधाइ दिन चाहन्छौँ ।”

उनले देउवा सरकारसँग जनताले धेरै अपेक्षा नगरेको भन्दै दुइतिहाइ बहुमतको सरकारको असफलताले त्यो निराशा ल्याएको बताए ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस