समाचार

मोटरसाइकलको ठक्करबाट एकजनाको मृत्यु

bike accident

४ साउन, हेटौँडा । मकवानपुरको हेटौँडा उपमहानगरपालिका–३, बसामाडी लेवटमा मोटरसाइकलको ठक्करबाट एकजनाको मृत्यु भएको छ ।

अन्दाजी ३५ वर्षीय पुरुषको मृत्यु भएको हो । चुरेहिल अस्पतालमा उपचारको क्रममा उनको मृत्यु भएको र सनाखत हुन भने बाँकी रहेको मकवानपुर प्रहरीले जनाएको छ ।

आइतबार राति हेटौँडा बजारबाट नेवारपानीतर्फ जाँदै गरेको ना२२प ६७७८ नम्बरको मोटरसाइकलले बाटो पार गर्दै गरेका ती व्यक्तिलाई ठक्कर दिएको थियो । ठक्कर दिने मोटरसाइकलसहित चालकलाई प्रहरीले नियन्त्रणमा लिएको जनाइएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस