समाचार

चितवन राष्ट्रिय निकुञ्जमा २ गैँडा मृतावस्थामा फेला

Chitwan National Park

४ साउन, चितवन । चितवन राष्ट्रिय निकुञ्जमा आइतबार दुई गैँडा मृतावस्थामा फेला परेका छन् । ती मध्ये एउटा बुढो र अर्को बच्चा  छन् ।

निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीका अनुसार कसरा नजिकै राप्ती नदी किनारमा दुई महिनाको गैँडा बच्चा मृतावस्थामा फेला परेको हो । उनले बाघको आक्रमणबाट मरेको हुनसक्ने बताए ।

यसैगरी अमलटारी सेक्टर अन्तर्गत रतनपुर घाटमा अन्दाजी ३० वर्षको बुढो गैँडा मृतावस्थामा फेला परेको छ । नारायणी नदीका किनारमा बालुवामा गढेको अवस्थामा भाले गैँडा भेटिएको हो । ती गैँडाको खाग, खुर सुरक्षित रहेको जनाउँदै उनले दुबै प्राकृतिक कारणले मरेको बताए । गत आर्थिक वर्षमा प्राकृतिक कारण र चोरी सिकारीले निकुञ्जमा ३२  गैँडा मरेका थिए ।

अघिल्लो आवमा प्राकृतिक कारणले २६ गैँडा मरेका थिए ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस