४ साउन, काठमाडौं । नेपाल धितोपत्र बोर्डले सामलिङ पावर कम्पनीलाई धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) जारी गर्ने अनुमति दिएको छ । बोर्डले असार ३१ गते कम्पनीलाई आइपीओ निष्कासन गर्न अनुमति दिएको हो ।
कम्पनीले जारी पुँजी ५० करोडको २४.६ प्रतिशतले आउने १२ करोड ३० लाख रुपैयाँ बराबरको १२ लाख ३० हजार कित्ता साधारण सेयर बिक्री गर्न बोर्ड अनुमति दिएको हो । कम्पनीले परियोजना प्रभावित स्थानीय र सर्वसाधारणमा उक्त सेयर बिक्री गर्न अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्डमा अनुमति मागेको थियो ।
सामलिङ पावर कम्पनीले इलाम जिल्लामा ९.५१ मेगावाट क्षमताको माईबेनी जलविद्युत आयोजना निर्माण गरिहरेको छ । यस्तै कम्पनीले अन्य दुई जलविद्युत आयोजनाको पनि निर्माण गरिरहेको छ । कम्पनीले आईपीओ निष्कासनको लागि धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा नेपाल एसवीआई मर्चेन्ट बैंकिङलाई नियुक्त गरेको छ ।
आईपीओ निष्कासनका लागि गराएइको रेटिङमा कम्पनीलाई इक्रा नेपालले कम्पनीको आईपीओलाई ‘इक्रा एनपि डबल बी माइनस’ रेटिङ प्रदान गरेको छ । यसले कम्पनी समयमा वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा मध्यम जोखिम रहेको संकेत गर्दछ ।