विश्व/प्रवास

उत्तर प्रदेशमा सडक दुर्घटना, ७ जनाको मृत्यु, १० घाइते

uttar pradesh accident

४ साउन, काठमाडौं । भारतको उत्तर प्रदेशमा सोमबार बिहानै भएको सडक दुर्घटनामा परी सात जनाको ज्यान गएको छ । उत्तर प्रदेशको प्रहरीले सोमबार बिहानै भएको सो दुर्घटनाका कारण सात जनाको ज्यान गएको र अरु १० जना घाइते भएका बताएको छ ।

भारतीय उत्तर प्रदेश राज्यको साम्बाल क्षेत्रमा सो दुर्घटना भएको थियो । विपरीत दिशाबाट आइरहेका बस एक आपसमा जुध्दा सो दुर्घटना हुन पुगेको थियो । आपसमा ठोकिएका मध्येको एक बस विवाह समारोहमा पुगेर फर्किएको थियो ।

सोही बसमा रहेका ७ जनाको ज्यान गएको प्रहरीले जानकारी दिएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *