४ साउन, काठमाडौं । सोमबार सेयर बजारको परिसूचक नेप्से करिब १४ अंकले बढेको छ ।
१३.९७ अंकले बढेर परिसूचक २९९४ अंकमा कायम भएको छ । यस दिन कुल ११ अर्ब ८१ करोड रुपैयाँको सेयर किनबेच भएको छ । कारोबार रकम हिजोको तुलनामा सामान्य बढेको छ । हिजो ११ अर्ब ६३ करोडको कारोबार भएको थियो ।
यस दिन बैंकिङ १०, ब्यापार १९६, निर्जीवन बीमा १०१, उत्पादन ४१, अन्य १६ र जीवन बीमा समूह ५३ अंकले बढेका छन् । होटल तथा पर्यटन १६, विकास बैंक १८, माइक्रोफाइनान्स ४, जलविद्युत १ र फाइनान्स समूह २९ अंकले घटेका छन् ।
सिनर्जी पावर डेभलपमेन्टको मूल्य १० प्रतिशतले बढेको छ । त्यस्तै विशाल बजार कम्पनीको मूल्य ९ प्रतिशतले बढ्यो भने नेपाल इन्स्योरेन्सको मूल्य साढे ७ प्रतिशतले बढेको छ । नागरिक लगानी कोष, हिमालय उर्जा विकास कम्पनी, अरुण काबेली, हिमालय पावर पार्टनरका लगानीकर्ता पनि कमाउनेमा अगाडि रहेको छ ।
यस दिन गोर्खा फाइनान्सको मूल्य सबैभन्दा धेरै ३.६ प्रतिशतले घटेको छ । मन्जुश्री फाइनान्सको मूल्य ३ प्रतिशतले घटेको छ ।