
४ साउन, काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप २४४५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ भने ३२ जनाको मृत्यु भएको छ ।
यस्तै पछिल्लो २४ घण्टामा १२५८ जना कोरोना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट ६ लाख ६८ हजार ७५१ जना पुगेको छ भने एन्टिजेन विधिबाट ४९ हजार ७४३ जना पुगेको छ ।
यस्तै हालसम्म संक्रमितमध्ये ६ लाख ३३ हजार ३३२ जना निको भएका छन् भने मृतकको कुल संख्या ९ हजार ५८२ पुगेको छ । हालसम्म नेपालमा संक्रमित निको हुने दर ९४.७ प्रतिशत रहेको छ ।
प्रतिक्रिया दिनुहोस