मुख्य समाचार

मन्त्रिपरिषद्को निर्णय : डा. रोशन पोखरेललाई सचिवमा नियुक्त, साउन ६ गते सार्वजनिक विदा

PM Deuba

४ साउन, काठमाडौं । सरकारले स्वास्थ्य सेवातर्फको सचिवमा डा.रोशन पोखरेललाई नियुक्त गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले डा.पोखरेललाई सचिवमा नियुक्त गर्ने निर्णय गरेको हो ।

आज नै सामान्य प्रशासन मन्त्रालयमा बसेको बढुवा समितिको बैठकले स्वास्थ्य मन्त्रालयका ३ जना प्रमुख विशेषज्ञ डा.रोशन पोखरेल, डा. दीपेन्द्ररमण सिंह र महेन्द्रप्रसाद श्रेष्ठको नाम सिफारिस गरेको थियो ।

सोही सिफारिसका आधारमा सरकारले डा.पोखरेललाई सचिवमा नियुक्त गर्ने निर्णय गरेको हो ।

roshan pokharel

विगत दुई वर्षदेखि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा स्वास्थ्य प्राविधिकतर्फको (स्वास्थ्य सेवा) सचिव पद रिक्त थियो । तत्कालिन स्वास्थ्य सचिव डा.पुष्पा चौधरीलाई २०७५ मा प्रधानमन्त्री कार्यालयमा तानेदेखि स्वास्थ्यमा प्राविधिक सचिव रिक्त रहँदै आएको थियो ।

त्यस्तै, आज बसेको मन्त्रिपरिषद्को बैठकले साउन ६ गते इद पर्वका अवसरमा सार्वजनिक विदा दिने घोषणा पनि गरेको छ ।

यसैगरी नेपाललाई कोरोनाविरुद्धको खोप उपलब्ध गराउने देशलाई धन्यवाद दिँदै सरकारले अनुदान तथा खरिद प्रक्रियाबाट थप खोप सहायता उपलब्ध गराउन खोप उत्पादक मुलुकहरुलाई आग्रह समेत गरेको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस