बैँक / वित्त

अब खल्तीबाट पनि ‘मेगा रेमिट’ सेवा

Mega Remit

४ साउन, काठमाडौं । खल्ती डिजिटल वालेटबाट अब मेगा रेमिट सेवा उपलब्ध हुने भएको छ । मेगा बैंक र खल्ती डिजिटल वालेटको स्पारो पे प्राइभेट लिमिटेबीच रेमीट भुक्तानी सेवाका लागि साझेदारी गर्ने सम्झौता भएको हो ।

सम्झौता अनुसार, अब सर्वसाधारणहरुले मेगा रेमीटमार्फत स्वदेश तथा विदेशबाट पठाएको रकम खल्ती डिजिटल वालेटबाट पनि प्राप्त गर्न सक्ने भएका छन् । यसका साथै, बेलायत, अष्ट्रेलिया, दक्षिण कोरिया, इजरायल, जोर्डन, कुवेत, युएई, मलेसिया, साउदी अरब र भारतबाट मेगा रेमीटमार्फत पठाएको रकम खल्तीमार्फत प्राप्त गर्न सकिनेछ ।

नेपालभित्र पनि खल्तीमार्फत रकम पठाउन र प्राप्त गर्न सकिने व्यवस्था मिलाइएकोमा यो व्यवस्थाले मेगा बैंकको रेमिटेन्स सेवाको दायरालाई अभैm फराकिलो बनाउदै ग्राहकहरुमा थप सहजता प्रदान गर्ने  बैंकले जनाएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस